काठमाण्डु – नेपाली काँग्रेसका केही नेताहरुमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि सोमबारका लागि निर्धारित पार्टीको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएकोे छ ।
काँग्रेस केन्द्रीय कार्यालयमा यही असोज १५ गते गरिएको पिसिआर परीक्षणका क्रममा पार्टीका केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगनकुमार थापा, जङ्गीलाल राय, कल्पना चौधरी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठलगायत अन्य विविध जिम्मेवारीमा रहेका केही व्यक्तिहरुमा सङ्क्रमण पुष्टि भएको थियो ।
यसैगरी काठमाण्डु बाहिर परीक्षण गरेका केन्द्रीय सदस्यद्वय रमेश रिजाल र अजयकुमार चौरसियामा पनि सङ्क्रमण पुष्टि भएकाले स्वास्थ्य मापदण्डलाई ध्यानमा राखी यही असोज १९ गतेका बोलाइएको केन्द्रीय समितिको बैठक स्थगित गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
काँग्रेस केन्द्रीय समितिको बैठक यही असोज २५ गते दिउँसो २ः०० बजेका लागि निर्धारित गरिएको समेत उनले बताए ।




प्रतिक्रिया