दलगत स्वार्थका कारण प्रदेश प्रमुखलाई निकालियोः नेपाली कांग्रेस

दलगत स्वार्थका कारण प्रदेश प्रमुखलाई निकालियोः नेपाली कांग्रेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले तत्कालिन शेरबहादुर देउवा सरकराले नियुक्त गरेका प्रदेश प्रमुख हटाएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस नेता मिनेन्द्र रिजालले सरकारले दलगत स्वार्थमा लागेको प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली सरकार दलगत स्वार्थमा लागेको र विधानविपपरित दलगत स्वार्थका कारण निकालिएको प्रतिक्रिया दिए ।

‘यो नितान्त दलगत स्वार्थका कारण प्रदेश प्रमुखलाई निकालिएको हो । संविधान बनेको छ । संविधानको कार्यान्वयनको मुख्य जिम्मेवारीमा रहेको पहिलो निर्वाचित सरकार संविधान नै भत्काउन लागिपरेपछि धेरै ठाउँमा भत्किन्छ’, काठमाडौंपाटीसँग कुरा गर्दै उनले भने, ‘सरकारले संविधान निर्माण गर्ने दलहरुसँग कटुताको सम्बन्ध सथपित गर्न खोजेको छ । यो भन्दा निन्दनिय कार्य केही पनि होइन ।’

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् । पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ३ गते ७ वटै प्रदेशमा प्रदेश प्रमुखको नियक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।