काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको देहरादुनमा कुटिएका पीडित नेपाली विद्यार्थीको उद्दार गर्न सरकारसँग माग गरेको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले दुवै देशका सरकारले सुरक्षीत र निर्भीक वातावरण प्राप्त गर्नु तिनको अधिकार मात्रै होइन त्यसको सुनिश्चितता गर्नुपर्ने बताएका छन् ।
‘भारतको देहरादुनमा अध्ययनरत नेपाली विद्यार्थीहरु निर्घात रुपले कुटिएको घटनालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाल र भारत दुबै देशका विद्यार्थी एकापसको देशका विभिन्न शहरमा अध्यनरत छन् । कुनै पनि बहानामा संसारमा कहिँ पनि कोहि एकमात्र पनि नेपाली विद्यार्थी या अन्य कोहि पनि नेपाली नागरिक दुव्र्यवहार र आक्रमणमा पर्छन् भने त्यसलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिनुपर्दछ ।’
प्रवक्ता शर्माले देहरादुनमा विजया दशमीकै दिन दर्जनौ नेपाली विद्यार्थीहरुमाथि भएको कुटपिटको घटनालाई गम्भीरतापूर्वक लिन, भारत सरकारको ध्यानाकर्षण गराउन र ती विद्यार्थीहरुको अविलम्ब उद्दार गर्न सरकारसँग माग गरेका छन् ।
‘नेपाली विद्यार्थीहरुको सुरक्षा र सम्मानका बारेमा गम्भीर पहलकदमी गरेर आगामी दिनमा यस्ता घटना कहिँ पनि हुन नदिन आवश्यक सतर्कताका लागि सरकार समक्ष माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।




प्रतिक्रिया