पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाउने कांग्रेसको निर्णय

पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाउने कांग्रेसको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले सांसद सूर्यबहादुर के.सी.को निधनप्रति पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाउने निर्णय गरेको छ ।

मंगलबार पार्टी कार्यालयमा केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले सांसद केसीको निधनप्रति कात्तिक १८, १९ र २० गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय भएको पार्टी सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकले कात्तिक १९ गते केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ । आजको बैठकमा स्वर्गीय केसीप्रति श्रद्धाञ्जली अर्पण गर्नका लागि १ मिनेट मौन धारण गरिएको थियो ।

केसीको कात्तिक १७ गते राति १० बजे पोखरा महानगरपालिका वडा नं। ७ मुस्ताङचोक स्थित आफ्नै निवासमा निधन भएको थियो ।

विसं २०१४ जेठ १० गते जन्मिएका स्वर्गीय के.सी. २०७४ को निर्वाचनमा समानुपातिक प्रणाली अन्तर्गत पार्टीका तर्फबाट प्रनिनिधि सभा सदस्य भएका थिए ।