काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन विरुद्ध पुस १३ गते १६५ वटै निर्वाचन क्षेत्रमा प्रर्दशन गर्ने भएको छ ।
सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै संसद विघटनको असंवैधानिक कदम विरुद्ध पुस १३ को प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन् ।
सभापति देउवाले विघटनकै दिन पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरुको बैठक आयोजना गरेर बैठक मार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको स्मरण गरेका छन् ।
‘संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ । जारी केन्द्रीय कार्यसमितिको बैठकमा म आफैले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर, केन्द्रीय कार्यसमितिको निर्णय पश्चात् अहिले हाम्रो सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित छ’, उनले भनेका छन् ।
उनले पार्टीका सदस्य, शुभचिन्तकलाई विरोध प्रदर्शनमा सरिक भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गरेका छन् ।





प्रतिक्रिया