काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेले संसद विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दैछ । संसद विघटनविरुद्ध रणनीति तयार गर्न गत बिहीवार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले देशभर १६५ निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने घोषणा गरेको थियो ।
सोही घोषणा अनुसार कांग्रेसले आज काडमाण्डु उपत्यकासहित देशका १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्न लागेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । त्यसका लागि सबै नेताहरुलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा सम्बोधनका लागि पार्टीले खटाइसकेको छ । कांग्रेसका केही शीर्ष नेता तथा केन्द्रीय सदस्य बाहेक सबै नेताहरु आफ्नो निर्वाचन क्षेत्रमा पुगिसकेका छन् भने केही जाँदैछन् ।
दिउँसो १ बजे हुने कोटेश्वरको विरोध प्रदर्शनमा प्रवक्ता शर्मा सहभागी हुनेछन् भने प्रकाशमान सिंह क्षेत्र नम्बर १ को प्रदर्शनमा सहभागी हुने कांग्रेसले जनाएको छ । यसै क्रममा काठमाण्डु कांग्रेसले १० वटै निर्वाचन क्षेत्रमा आफ्नो तयारीलाई तीव्र पारेको छ ।
काठमाण्डुको यी ठाउँमा हुँदैछ प्रदर्शन
निर्वाचन क्षेत्र नम्बर १– नयाँबानेश्वर, होटल एभरेस्ट अगाडि
निर्वाचन क्षेत्र नम्बर २– कोटेश्वर चोक
निर्वाचन क्षेत्र नम्बर ३– जोरपाटी चोक
निर्वाचन क्षेत्र नम्बर ४– नारायणचौर नक्साल
निर्वाचन क्षेत्र नम्बर ५– महाराजगन्ज, नारायणगोपाल चोक
निर्वाचन क्षेत्र नम्बर ६– मनमैजु, लोकतान्त्रिक चोक
निर्वाचन क्षेत्र नम्बर ७– बालाजु चोक
निर्वाचन क्षेत्र नम्बर ८– बसन्तपुर डबली
निर्वाचन क्षेत्र नम्बर ९– कलंकी चोक
निर्वाचन क्षेत्र नम्बर १०– कीर्तिपुर बजार




प्रतिक्रिया