काठमाण्डु नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजबाट पुनः सुरु हुँदैछ । गत पुस १० गतेबाट स्थगित भएको बैठक आजबाट पार्टी कार्यालय सानेपामा सुरु हुन लागेको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनविरुद्ध केन्द्रीय सदस्यहरुले आ–आफ्ना धारणा राख्ने जानकारी दिए । त्यस्तै केन्द्रीय सदस्यहरुले आगामी वैशाखमा हुने निर्वाचन, प्रचण्ड–नेपाल समूहसँग मिलेर आन्दोलन गर्ने/नगर्नेबारे धारणा राख्ने एक केन्द्रीय सदसयले जानकारी दिए ।
कांग्रेसभित्र सरकारले घोषणा गरेको निर्वाचनमा जाने किन नजाने भन्ने विषयमा तिव्र विवाद छ । सभापति शेरबहादुर देउवाले अदालतको फैसला आफूहरुलाई मान्य हुने बताइरहेका छन् भने रामचन्द्र पौडेल समूहले त्यसको विरोध गरिरहेको छ ।
संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भने पनि सभापति देउवा संसद पुनस्र्थापनाको पक्षमा भने देखिएका छैनन् ।




प्रतिक्रिया