काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना संक्रमण रोकथामका लागि कांग्रेसले पनि सरकालाई बल दिनुपर्ने बताएका छन् । आज सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रवक्ता शर्माले यो सबैको साझा संघर्ष भएको बताएका हुन् ।
उनले सरकारमा नभए पनि सँगै लड्न सकिने प्रतिक्रिया दिएका हुन् । उनले सरकारले युद्धस्तरमा क्षमता देखाउने बेला भएको बताएका छन् ।
उनले भनेका छन्, ‘सरकारमा संगै नभएर पनि संगै लड्न सकिन्छ । यो हामी सबैको साझा संघर्ष हो । सरकारलाई हामीले बल दिने र सरकारले युद्धस्तरमा क्षमता देखाउने बेला हो यो । युद्ध तब जितिने छ । नत्र ठुलो क्षतिको साइरन बजिसकेको छ, कस्ले कति गम्भीर भएर सुन्यौं त्यो अलग कुरा हो ।’




प्रतिक्रिया