काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा चीनले सीमा अतिक्रमण गरेको निष्कर्ष निकालेको छ ।
कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीसहितको स्थलगत अनुगमन टोलीले हुम्लाको १२ नम्बर सीमा स्तम्भ वरिपरी रहेको लोलुङजोङ्ग भन्ने स्थनमा चीनले निर्माण गरेका संरचना नेपाली भूमिमा पर्ने बताएको छ । त्यस्तै हिल्साको किट भन्ने स्थानमा समेत चीनले नेपाली भूमी अतिक्रमण गरेको टोलीको निष्कर्ष छ ।
‘हिल्सामा रहेको दशगजा क्षेत्रभित्र आफ्नो घेराबार गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘११ र १० नम्बर सीमा स्तम्भ वरिपरि भूमि अतिक्रमण भएको छैन् ।’
यता चीनले भने नेपालको भूमि अतिक्रमण नगरेको दाबी गरेको छ । नेपालस्थित चिनियाँ दूतावासले नेपाल र चीनबीच सीमा विवाद नरहेको र सीमा अतिक्रमण गरेको भए प्रमाण पेश गर्न चुनौती दिएको छ । त्यस्तै परराष्ट्र मन्त्रालयले पनि चीनसँग सीमा विवाद नरहेको बताएको छ ।




प्रतिक्रिया