कर्णालीमा माओवादी र कांग्रेसबीच विवाद : इमान्दारिपूर्वक सरकार हस्तान्तरण गर्न मुख्यमन्त्री शाहीलाई चेतावनी

कर्णालीमा माओवादी र कांग्रेसबीच विवाद : इमान्दारिपूर्वक सरकार हस्तान्तरण गर्न मुख्यमन्त्री शाहीलाई चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –कर्णाली प्रदेशमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको विवाद सतहमा आएको छ । सरकार हस्तान्तरणबारे आनाकानी गरिरहेको माओवादी केन्द्रसँग कांग्रेस रुष्ट बनेपछि दुई पार्टीबीचको विवाद सतहमा आएको हो ।

केन्द्रमा भएको सहमतिअनुसार कर्णालीको सरकारको नेतृत्व आफूहरुले पाउनुपर्ने माग गर्दै आएको कांग्रेसले सत्ता हस्तान्तरणमा इमान्दारिता देखाउन माओवादी केन्द्रलाई आग्रह गरेको हो ।

माओवादी केन्द्रले सरकार हस्तान्तरण गरेर इमान्दारिता देखाउनुपर्ने कांग्रेसले बताएको छ । कांग्रेस सांसद हीमबहादुर शाहीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कांग्रेसलाई इमान्दारिताका साथ सरकार हस्तान्तरण गर्नुपर्ने बताए ।

‘उहाँहरुले इमान्दारितापूर्वक सत्ता हस्तान्तरण गर्नुपर्छ । अहिलेसम्म त्यो छाँट देखिएको छैन् । सरकार हस्तान्तरणमा आनाकानी गरिरहनु भएको छ । उहाँहरुले इमान्दारिता नदेखाए हामी मात्र इमान्दार हुनुपर्छ भन्ने पनि छैन्,’ उनले भने ।

सांसद शाहीले पार्टीमा छलफल गरेर आवश्यक निर्णय लिइने बताए । उनले माओवादीले सत्ता हस्तान्तरण नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिनेसमेत बताए ।

‘बेलुकासम्म उहाँहरु के गर्नुहुन्छ कुर्छौं । नभए सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं,’ सांसद शाहीले भने ।

यता मुख्यमन्त्री शाहीले राजीनामा दिने तयारी गरेका छन् । उनले केन्द्रका निर्देशनअनुसार पदबाट राजीनामा दिने तयारी गरेका हुन् । मुख्यमन्त्री शाहीले आज साँझ नभए भोलीसम्ममा राजीनामा दिने तयारी गरेको सरकारका एक मन्त्रीले जानकारी दिए ।