प्रधानमन्त्रीलाई काँग्रेसको प्रस्तावः सबै बजेट गाउँलाई दिऔं !

प्रधानमन्त्रीलाई काँग्रेसको प्रस्तावः सबै बजेट गाउँलाई दिऔं !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख विपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।

कांग्रेसले पार्टीको पछिल्लो केन्द्रीय कार्यसमिति बैठकबाट गरेका निर्णयहरूसहितको ज्ञापनपत्र प्रस्तुत गरेको हो ।

प्रतिनिधिमण्डलमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा नेताहरू गोपालमान श्रेष्ठ, डा.प्रकाशशरण महत, बालकृष्ण खाँड र रमेश लेखक गरी पाँच जना सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

वरिष्ठ नेता पौडेलले सरकारले लकडाउन खोलें भनेर घोषणा नगर्दै जनताले लकडाउन खोलेको विषयमा प्रधानमन्त्रीलाई ध्यानआकर्षण गराएको जानकारी दिए ।

‘औषधिदेखि लिएर स्वास्थ्य सामाग्रीहरु केही पनि सरकारले समयमा पूरा गर्न सकेन । स्वास्थ्य सामाग्री खरिदमा अहिले धाँधली र भ्रष्टाचार धेरै भएको छ । यसको छानबिन गर्नुपर्छ’, नेता पौडेलले काठमाडौंपाटीसँग कुरा गर्दै भने, ‘आउँदो संकटलाई सामना गर्न सरकार तयार रहनुपर्यो । स्वास्थ्य क्षेत्रमा विकराल समस्या आउँदैछ तयारी भरपूर गर्नुपर्यो ।’

नेता पौडेलले स्वास्थ्य संकटपछि आउँदो खाद्य संकट र कुपोषणले जनतामा समस्या उत्पन्न हुन सक्ने भएकाले त्यसको तयारी गर्न सरकारलाई सचते गराएको बताए ।

उनले प्रधानमन्त्रीलाई सुझाव दिँदै भने, ‘गाउँ गएका जनतालाई गाउँमा रोक्नुपर्यो । त्यसका लागि सारा बजेट गाउँ केन्द्रीत गरौं । सांसद विकास कोषको रकम सबै गाएँलाई दिउँ ।’

अन्त्यमा प्रधानमन्त्रीले सरकारले आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेकाले सुझावका लागि काँग्रेसलाई धन्यवाद दिएका थिए ।

उक्त अवसरमा प्रधानमन्त्रीले ज्ञापनपत्रमा उल्लेखित सुझावहरूलाई सकारात्मक र गंभीरतापूर्वक लिएर आवश्यकताअनुसार कार्यान्वयन गरिने आश्वासन दिएका थिए ।