देउवा निवासमा प्रचण्ड, नेपाल र यादवसहितका शीर्ष नेताबीच छलफल

देउवा निवासमा प्रचण्ड, नेपाल र यादवसहितका शीर्ष नेताबीच छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विपक्षी गठबन्धनका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराई, माधव नेपाल, भीम रावल, कृष्णबहादुर महरा सहितका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् ।

प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाई सर्वोच्च अदालतमा जारी रहेका अवस्थामा विपक्षी गठबन्धनका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् । स्रोतकाअनुसार संसद विघटन र सरकारका विषयमा भावी रणनीति तय गर्न छलफल सुरु भएको हो ।