कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै


काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार बस्दैछ । पार्टी कार्यालय सानेपामा बिहान ८ बजे बैठक बोलाइएको हो ।

कांग्रेसका पूर्वसांसद ढुण्डिराज शास्त्री पौडेलको निधन भएपछि त्यसको शोक प्रस्ताव पारित गर्न बैठक बोलाइएको हो ।

यसअघि आगामी असार १५ गते बस्नेगरी तय भएको बैठक अगाडि बोलाइएकोले आकस्मिक रूपमा बैठक बोलाइएको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यलाई बोलाइएको छ, तर कांग्रेसको पूर्वनिर्धारित बैठक असार १५ गते बस्दैछ।

यो बैठकमा विकसित राजनीतिक घटनाक्रम, एमालेसँग सत्ता सहकार्यको समीक्षा, रास्वपा र राप्रपाको अवरोध, पार्टीको १५ औँ महाधिवेशनको तयारीलगायतको विषयमा छलफल हुने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्वसदस्य तथा पूर्वमन्त्री शास्त्रीको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा ९० वर्षको उमेरमा सोमबार निधन भएको थियो ।

शास्त्रीको पार्थिव शरीरलाई बुधबार बिहान ९ देखि ११ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राख्ने र त्यहीबाट शवयात्रा सुरु गरिने छ ।

२०४८ र २०५१ मा शास्त्री अर्घाखाँची निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।