काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीले असंवैधानिक कदमविरुद्ध एक जुट हुन नेपाली काङ्ग्रेस नवलपुरले आह्वान गरेको छ ।
जिल्ला सभापति विष्णु प्रसाद लामिछानेले विज्ञप्ति जारी गर्दै कोरोना महामारी रोकथाम र उपचार तर्फ लाग्न छोडेर ओलि सरकार सत्ता लिप्सामा लागेको आरोप लगाएका छन् ।
विश्वासको मत गुमाई सकेका प्रधानमन्त्री ओलीको विकल्पमा संविधानतः बहुमत सांसदहरुले हस्ताक्षर गरी प्रधानमन्त्रीका लागि प्रस्ताव गरिएका कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त नगर्नु नै संविधान समाप्त पार्ने खेल भएको नेपाली काङ्ग्रेसले ठहर गरेको विज्ञप्तिमा उल्लेख छ ।





प्रतिक्रिया