नयाँदिल्ली – विश्वभरि तिब्र गतीमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को असर भारतमा पनि पर्न थालेपछि नेपालीहरु स्वदेश फर्कन नपाई दिल्लीमा अलपत्र परेका नेपालीहरुको उद्धार गरिएको छ । अलपत्र परेका नेपाली मध्ये ३६८ जनाको उद्धार गरेको छ ।
नेपाल फर्किन दशिण भारतका कर्नाटक, तमिलनाडु लगायत अन्य क्षेत्रका ७० घण्टा भन्दा लामो यात्रा गरेर दिल्ली हुँदै नेपाल यात्राको क्रममा रहेका थिए । तर उत्तर प्रदेश सरकारले प्रदेशका १५ जिल्लामा लकडाउन र दिल्लीमा १४४ धारा लगाएको कानूनी रुपमा प्रशासनले कडा गरेसँगै नेपालीहरू आनन्द बिहार बस अड्डामा अलपत्र परेको थिए ।
भारतको दिल्ली आनन्द बिहार बस अड्डामा अलपत्र परेका नेपालीहरूलाई बिहान ३ बजे १८३ मध्ये १५४ जनालाई उद्धारगरी स्वदेश पठाउने पहल भएको हो । बाँकी २९ जनासहित फेरी आज राति ८ बजे ३ यूपीवाला बसमा ४१३ मध्ये झन्डै २१४ जनालाई उद्धारगरी स्वदेश बनवास र गौरीफन्टा नाकामा पठाएको छ ।
अलपत्र परेका नेपाली लाई २ पटक खाना र पानी समेत ब्यवस्थापन गरेको आरबी खड्काले जनाएका छन् । उनले बाँकी १९९ जना नेपाली मध्ये केही दिल्ली एनसीआरवासी केही दिल्ली बाहिरबाट आएका थिए । भारतस्थित नेपाली दूतावासले उनीहरुको उद्धारमा महत्वपूर्ण सहयोग गरेको खड्काले बताए ।





प्रतिक्रिया