भारतमा रहेका नेपालीलाई सावधानी अपनाउन दूतावासको आग्रह

भारतमा रहेका नेपालीलाई सावधानी अपनाउन दूतावासको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीलाई कोरोना संक्रमणबाट जोगिन आग्रह गरेको छ ।

दूतावासले मंगलबार सूचना जारी गर्दै अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन, भीडभाड र भेटघाटमा सामाजिक दूरी अपनाउन आग्रह गरेको हो । पछिल्लो समय भारतका विभिन्न राज्यहरुमा महामारीको संक्रमण अत्यधिकरुपमा बढिरहेको छ ।

त्यस्तै दूतावासले आपतकालीन अवस्थामा वा स्वास्थ्य अवस्था गम्भीर भएमा सहजीकरणका लागि दूतावासको हटलाइलाइन र इमेलमार्फत सम्पर्क आग्रह गरेको छ ।