लण्डनस्थित नेपाली दूतावास सातै दिन खुल्ने


काठमाडाैँ – बेलायतमा बढ्दो कोरोनाको महामारीले गर्दा अधिकांश कार्यालय बन्द रहेका अवस्थामा राजधानी लण्डनस्थित नेपाली दूतावास भने अब सातै दिन खुल्ने भएको छ ।

कोरोनाका कारण बेलायत र माल्टामा रहेका नेपालीका लागि परेका समस्या सुन्न र आवश्यक कदम चाल्न हप्ता दिन नै खोल्ने निर्णय गरिएको दूतावासले जनाएको छ । यसअघि हप्ताको सोमबारदेखि शुक्रबारसम्म मात्रै कार्यालय खुला हुने गरेको थियो ।

दूतावासमा काम गर्ने अधिकांश कर्मचारीको आवास सोही भवनमा रहेको र पाँच दिनबाहेक अन्य समयमा आफूहरूले काम गर्दै आइरहे पनि महामारीका बेला दूतावास अझ बढी जिम्मबार हुनुपर्ने हुँदा सूचना नै जारी गरेर कार्यालय समय थपबारे जानकारी दिइएको दूतावासका उपनियोग प्रमुख शरद्राज आरणले बताउनुभयो ।

दूतावासले आज जारी गरेको एक अपिलमा हाल नेपालबाट आई बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये केहीमा खानाको व्यवस्थापनलगायत समस्या परेकाले तिनलाई सुरक्षित, संयमित र अनुशासित रहन र अत्यावश्यक अवस्थामा राजदूतावासमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।यो खबर आजको समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement