काठमाण्डु- एएफसी एसियन कप छनोट खेलेर नेपाली टिम स्वदेश फर्किएको छ।
लाओससँग प्रतिस्पर्धा गरेको नेपाली टिम गएराति स्वदेश आइपुगेको हो। जारी छनोटमा अंकको खाता खोल्ने लक्ष्यसहित गएको नेपाल असफल भयो।
लाओससँग नेपाल दुई–एक गोलले पराजित भएको थियो। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालले लाओससँग पहिलो पटक हार बेहोरेको हो। छनोट चरणमा नेपाल अझै जीतविहीन छ।
पहिलो खेलमा किरण चेम्जोङको टिम मलेसियासँग दुइ शुन्य गोलले पराजित भएको थियो।
लाओससँग प्रतिस्पर्धा गर्नुअघि नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो। बलियो हङकङलाई गोलरहित बराबरीमा रोकेपछि लाओससँग अंक लिने अनुमान गरिएको थियो। तर हार टार्न सकेन।
प्रतिक्रिया