भियतनामसँग खेल्ने प्रारम्भिक टोली छनोट

भियतनामसँग खेल्ने प्रारम्भिक टोली छनोट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक छनोट भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले ३३ सदस्यलाई प्रारम्भिक टोलीको प्रशिक्षणमा बोलाएको हो।

समूह एफमा रहेको नेपालले अक्टोबर ९ र १४ तारिखमा भियतनामसँग पहिलो र दोस्रो लेग खेल्ने तालिका छ। मुख्य प्रशिक्षक म्याट रसले छनोटअन्तर्गत तेस्रो चरणमा भियतनामविरुद्ध दुई लेगको खेलका लागि खेलाडी छनोट गरेका छन्।

यो टोलीमा बंगलादेशसँग खेलेका १२ खेलाडी छन्। प्रारम्भिक टोलीमा छनोट भएका खेलाडी सेप्टेम्बर २३ मंगलबारदेखि बन्द प्रशिक्षणमा बस्ने एन्फाले जनाएको छ। घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको थियो।

टोलीको गोलकिपरमा किरणकुमार चेम्जोङसँगै अन्जल श्रेष्ठ, विशाल सुनार र समित श्रेष्ठ छन्। डिफेन्डरहरू विमल पाण्डे, सनिस श्रेष्ठ र सुमित श्रेष्ठले पुनरागमन गरेका छन्।

दीपेन्द्र विक दोस्रो पटक प्रारम्भिक टोलीमा अटाए। आयुष घलान, नीराजन धामी, सुमित श्रेष्ठ, दीपेश गुरुङ, कृतीशरत्न छुन्जु र सन्तोष खत्री पनि बन्द प्रशिक्षणमा छन्।

समूहको शीर्ष स्थानमा रहने टोलीले सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपको १९औं संस्करणमा स्थान बनाउनेछ। भियतनामविरुद्धको पहिलो लेगमा हार बेहारे नेपालको एसियन कपमा पुग्ने सम्भावना समाप्त हुनेछ।