नेपाली युवती चीनमा बेच्ने गिरोह पक्राउ

नेपाली युवती चीनमा बेच्ने गिरोह पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीको मानव बेचबिखनविरुद्धको ब्युरोले नेपाली युवतीलाई विवाहको प्रलोभनमा पारी चीनमा तस्करी गर्ने गिरोहलाई पक्राउ परेको छ ।

ब्युरोले ४ जना पीडित महिलाको उद्धार गरेको हो भने ६ नेपाली र ४ जना चिनियाँ नागरिक गरी १० जनालाई पक्राउ गरेको ब्युरोका प्रमुख एसएसपी ईश्वर काकीले जानकारी दिए ।

पक्राउ पर्ने नेपाली नागरिकमा सिन्धुपाल्चोककी रिना तामाङ भनिने बिबिरानी तामाङ, नुवाकोटका रोज तामाङ, लमजुङकी पार्वती गुरुङ, अमृता गुरुङ, भरत तामाङ र उषाकुमार घिमिरे रहेका छन् ।

त्यस्तै, चिनियाँ नागरिक जेङ सियाङ डोङ, ज्याङ डोङ हुइ, क्वान ग्याङ पिङ र क्वीन लियाङ छन् । चिनियाँ नागरिकले नेपाली युवतीसँग अदालती विवाह गरेर विवाह दर्ता समेत बनाएर चीन लाने गरेको अनुसन्धानमा देखिएको छ ।