नेपाली युवतीलाई बली चढाउन भारत लाने तयारी, प्रहरीले यसरी गर्‍याे उद्धार

नेपाली युवतीलाई बली चढाउन भारत लाने तयारी, प्रहरीले यसरी गर्‍याे उद्धार


काठमाडौं – प्रहरीले नेपाली युवतीलाई भारतमा बलि चढाउन लागेकी युवतीको उद्धार गरेको छ । नेपाली युवतीलाई भारतीय एक धार्मिक गुरुको आश्रममा लगेर बलि दिने योजना प्रहरीले असफल पारेको प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

युवतीले शंका लागेर सुरुमै प्रहरीको सहयोग लिएकाले बलि दिने योजना असफल पारिएको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानकै क्रममा रहेकाले यसबारेमा बिहीबार पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराउने तयारी गरेको छ । काठमाडौं प्रहरीले घटनामा संलग्न आरोपमा सातजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई महिला र पाँचजना पुरूष रहेका छन् ।

प्रहरीले घटनाबारे जानकारी पाएपछि काठमाडौं र स्थानीय प्रहरीको समवन्यमा घटनामा संलग्न रहेको आरोपमा सातजनालाई पक्राउ गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भारत लगेर ती युवतीलाई बलि चढाउने योजना थियो ।