गौरीफन्टा नाकाबाट २५ सय नेपाली भित्रिए, किट अभावले समस्या

गौरीफन्टा नाकाबाट २५ सय नेपाली भित्रिए, किट अभावले समस्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – गौरीफन्टा नाकाबाट २५ सय नेपाल भित्रिएका छन् । नेपाल भित्र्याइएकामध्ये अधिकांशको सामान्य ज्वरो नापेर छोडिने गरिएको छ । जसमध्ये ७ सय ७३ जनाको मात्रै आरडीटी परीक्षण गरिएको हो ।

गौरिफन्टामा पुगेकाहरुलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, कैलाली जिल्ला प्रशासनका प्रतिनिधि र स्वास्थ्यकर्मी नेपाल भित्र्याउन खटिएका छन् ।

परीक्षण गरिएकामध्ये १२ जनाको आरडीटी पोजेटिभ देखिएपछि उनीहरुलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ ।

सशस्त्र प्रहरीको धनगढीस्थित ३४ नम्बर गणका एसपी कमल तिमिल्सिनाले किट अभावका कारण सबैको परीक्षण गर्न असम्भव भएकाले ८ सय ८ जनालाई धनगढीको त्रिनगरस्थित नवदुर्गा माविको भवनमा राखिएको जानकारी दिए ।

अन्यलाई प्रदेश सरकारले बसको व्यवस्था गरेर सम्बन्धित जिल्लामा पठाएको छ ।