महोत्तरी – भारतको मधुवनी जिल्लासगैँ जोडिएको मटिहानी नगरपालिकाले मंगलवार देशकै सवैभन्दा अग्लो झण्डा फहरायो । उपराष्ट्रपति रामसहाय प्रसाद यादवको उपस्थितिमा उदघाटन गरिएको उक्त ११० फिट अग्लो नेपालको झण्डा विशेषगरि मधुवनी जिल्ला लगायत विहारका धेरै भारतियहरुले देख्न सक्छन ।
सिमानामा रहेका पालिकाहरुले राष्ट्रियताका सवालमा विभिन्न आरोप खेपीरहेको वेला मटिहानीले फहराएको झण्डा सामान्य लागेतापनी निक्कै ठुलो अर्थ बोकेको अनुमान लगाउन सकिन्छ ।
मधेशका सिमानामा रोटिबेटीको समबन्धसगैँ राष्ट्रियताका सवालमा स्थानियहरु इमानदार नभएको संगिन आरोपका विचमा मटिहानी स्थित अग्लो पोलवाट फरफराएको झण्डाले भारतियहरुको हेपाहालाइ झापड मात्र लगाएको छैन राष्ट्रियताको बिषयलाइ लिएर गिज्याउनेहरुलाई समेत लज्जित वनाइदिएको छ ।
मटिहानी नगरपालिकाका नगरप्रमुख हरि मण्डलले झण्डा उदघाटन गर्न उपराष्ट्रपति नै किन ल्याए त ? भन्ने बिषयले चर्चा पाइरहेको वेला उदघाटन पछि मटिहानीको आकाशमा फरफराएको नेपालको झण्डाले उत्तर पनि सगैँ दिइरहेको छ ।
उपराष्ट्रपति यादवले पनि झण्डाको उदघाटन गर्दै खुसी ब्यक्त गरेका छन् । ऐतिहासिक, धार्मिक नगरीकोरुपमा परिचित मटिहानीले आफैपनी देशमा नै पृथक विशेषता बोकेको छ । सताब्दीऔ पुरानो गुरुकुल होस या तस्मैवावा र पिरवावाको ऐतिहासिक तथा धार्मिक सम्बन्ध होस मटिहानीले अलग पहिचान बनाएको छ।
यिनै बिषयहरुको प्रचार प्रसारमा जुटेका नगरप्रमुख मण्डलले अघिल्लो कार्यकालमा राष्ट्रपति विध्यादेवी भण्डारी ल्याएका थिए भने यस कार्याकालमा उपराष्ट्रपति यादवलाइ ल्याएका छन् ।
देशका सर्वोच्च ब्यक्तित्त्वहरु ल्याएर राष्ट्रियताका सवालमा नगरप्रमुखले मटिहानी बलियो भएको प्रमाण मात्र पेश गरेका छैनन देशकै गौरव वोकेको मटिहानीप्रती संघिय सरकारको बेवास्तालाइ ध्यानाकर्षण समेत गराएका छन । मटिहानीलाइ सहभागी बक्ताहरुले धार्मिक तथा ऐतिहासिक पर्यटकिय क्षेत्रकोरुपमा विकास गर्न सकिने विचार ब्यक्त गरेतापनी प्रदेश र संघ सरकारको ध्यानाकर्षण हुन नसक्दा अझै ओझेलमा देखिएको छ ।




प्रतिक्रिया