काठमाण्डु- नेपालको पुरुष कबड्डी टोलीले बङ्गलादेशमा घरेलु टोलीसँग पाँच अभ्यास खेल खेल्ने भएको छ । फागुन १० गते आउँदो फागुन १६ गतेसम्म बङ्गलादेशको ढाकामा नेपालले पाँच अभ्यास खेल खेल्न लागेको हो ।
नेपालको पुरुष कबड्डी टोलीले सन् २०२६ मा हुने २०औं एशियाली प्रतियोगिताको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद् राखेप ले शुरू गरेको मिसन–२०२६ अन्तर्गत रहेर प्रशिक्षण गरिरहेको छ ।
मिसन २०२६ अन्तर्गत पुरुष टोलीले बङ्गलादेशसँग अभ्यास खेल खेल्न लागेको परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले बताए । घनश्याम रोकामगरको कप्तानीमा रहेको १४ सदस्यीय पुरुष टोलीले बङ्गलादेशसँग अभ्यास खेल खेल्नेछन् ।




प्रतिक्रिया