काबुलबाट अमेरिकाले उद्धार गरेका १२७ जना नेपाली काठमाण्डु आइपुगे

काबुलबाट अमेरिकाले उद्धार गरेका १२७ जना नेपाली काठमाण्डु आइपुगे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अफगानिस्तानमा रहेका एक सय २७ जना नेपाली स्वदेश फिर्ता भएका छन् ।

तालिवानीले सिंगो देश नै कब्जा गरेपछि अमेरिकाले काबुलबाट उद्धार गरेका उनीहरु त्यहाँबाट कुवेत हुँदै चार्टर्ड विमानमार्फत आज विहान काठमाण्डु आइपुगेका हुन् ।

अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पु¥याएको थियो । तीमध्ये १ सय २७ जना मंगलबार बिहान १०ः१५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

एफएसआई वर्ल्डवाइड नेपालका सञ्चालक बुद्धिबहादुर गुरुङका अनुसार दोहामा रहेका अन्य नेपालीलाई पनि क्रमशः उद्धार गरेर ल्याउने तयारी भइरहेको छ ।

अफगानिस्तानमा रहेका नपालीहरुलाई स्वदेश फर्काउन नेपाल सरकारले पनि पहल थालेको छ ।