नेपाली कम्युनिस्ट पार्टीले टुंग्यायो उम्मेदवार (सूची)

नेपाली कम्युनिस्ट पार्टीले टुंग्यायो उम्मेदवार (सूची)


काठमाण्डु– राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले पनि उम्मेदवार चयन गरेको छ ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेकपाले एक उम्मेदवार खाली छाडेर १७ उम्मेदवारको टुंगो लगाएको हो ।

कांग्रेस एमालेसँग गठबन्धनको प्रयास असफल भएपछि नेकपाले सबै सिटमा उम्मेदवार चयन गरेको हो ।

नेकपाले कोशीबाट खेमराज सुन्दास,हेमराज घिमिरे, नमिता न्यौपाने, मधेशबाट रामनन्दन प्रसाद, लक्ष्मण पौडेल,शम्भु पासवान​, समिकुमारी अग्रवाललाई चयन गरेको छ ।

यस्तै बागमतीबाट प्रेम प्रसाद सापकोटा,सरोज कुमारी झा, गण्डकीबाट कपिल लामा, लुम्बिनीबाट दुर्गा भण्डारी,वृहस्पति अधिकारी र सर्जन बिकलाई उम्मेदवार चयन गरेको हो ।

यस्तै नेकपाले कर्णालीबाट, बुद्धिप्रसाद शर्मा,अन्जु महतरा, सुदूरपश्चिमबाट टीकाराम जैशी रोजी बस्नेत सुनारलाई चयन गरेको छ ।