काठमाण्डु – नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नोट छाप्न चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ ।
बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्न चीनको चाइना बैंक नोट प्रिन्टिङ एण्ड मीन्टिङ कर्पोरेसनसँग सम्झौता गरेको छ।
नेपाल राष्ट्र बैंककाअनुसार उक्त परिणाममा नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि करार सम्झौता गरिएको हो।
५० दरको ४२ करोड थान नयाँ बैंक नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि मिति साउन ९ गते बोलपत्र आह्वान गरिएको थियो।
सम्झौताको मूल्य करिब १ करोड ४२ लाख रुपैयाँ रहेको छ ।
बोलपत्र प्रक्रियामा सहभागी कम्पनीहरूमध्ये न्यूनतम् मूल्य प्रस्ताव गर्ने चाइना बैंक नोट प्रिन्टिङ एण्ड मीन्टिङ कर्पोरेसनलाई छनोट गरिएको हो ।




प्रतिक्रिया