मोदीलाई राम मन्दिरको शिलान्यास गराउने पुरोहित नेपाली !

मोदीलाई राम मन्दिरको शिलान्यास गराउने पुरोहित नेपाली !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिर निर्माणका लागि शिलान्यास कार्यमा नेपाली पुरोहित रहेको खुलेको छ ।

मोदीले बुधबार राम मन्दिर निर्माणका लागि शिलान्यास गरेका थिए । राम मन्दिरको शिलान्यास गराउने पुरोहित झापाको बाहुनडाँगीका दुर्गाप्रसाद गौतम रहेका थिए ।

नेपालमा प्राथमिक शिक्षा लिएर अध्ययनका लागि आफू भारत गएको बीबीसी नेपाली सेवाले उल्लेख गरेको छ । बनारस र दिल्लीबाट उच्च शिक्षा हासिल गरेका उनी अहिले अयोध्यास्थित एउटा वेद विद्याश्रममा पढाउँछन् ।

नेपाली भएर पनि अयोध्याको गौरवपूर्ण कार्यक्रममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न पाउँदा आफूलाई गौरव अनुभूति भएको उनले बीबीसीलाई बताएका छन् ।