गणतन्त्रले नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा बलियो गरी बाँध्नेको छ : कर्णाली प्रदेश प्रमुख

गणतन्त्रले नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा बलियो गरी बाँध्नेको छ : कर्णाली प्रदेश प्रमुख

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले १४ औं गणतन्त्र दिवसको अवसरमा आज एक शुभकामना सन्देश दिँदै यस दिवसले सबै नेपालीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकताको सूत्रमा अझ बलियो गरी बाँध्ने विश्वास व्यक्त गरेका छन् ।

सन्देशमा प्रदेश प्रमुख कलौनीले भनेका छन्, “नेपालको संविधानले निर्देशित गरेको समाजवादउन्मुख स्वतन्त्र एवम् समृद्ध अर्थतन्त्र निर्माण र उपलब्ध प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग गरी दिगो विकासका लक्ष्यहरु हासिल गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा गर्ने अभियानमा सम्पूर्ण राजनीतिक दलहरू र आमजनता एकजुट भएर आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउन सफल हुने अपेक्षा गरेको छु ।”

उनले महामारीको रुपमा फैलिएको नयाँ भेरियन्टसहित कोभिड–१९ विरुद्धको लडाइमा अग्रपङक्तिमा खटिएर काम गर्नेहरुप्रति उच्च सम्मान गर्दै सङ्क्रममणलाई फैलन नदिन सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड तथा निर्देशनको पालना गर्न सबैमा आह्वान गरेका छन् ।

साथै यस अवसरमा गणतन्त्र स्थापनाको लागि विभिन्न कालखण्डमा भएका संघर्षमा आफ्नो अमूल्य जीवनको आहुति दिनुहुने सम्पूर्ण सहिदहरूप्रति श्रद्धासुमन अर्पण गर्दै प्रदेश प्रमुख कलौनीले कर्णाली प्रदेशवासी तथा सम्पूर्ण नेपालीजनमा सुस्वास्थ्य र शान्तिको शुभकामना व्यक्त गरेका छन् ।