काठमाण्डु – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतबाट नेपाल फर्कन चाहने नेपालीलाई सिमामा कुनै अवरोध तथा समस्या नहुने बताएका छन् । उनले सबै नाका बन्द नगरेकाले समस्या नहुने सामाजिक सञ्जाल ट्वीट मार्फत जानकारी दिएका हुन् ।
कोरोना संक्रमणको फैलावट रोक्ने उद्देश्यले सरकारले भारतसँग जोडिएका २२ नाका बन्द गर्ने निर्णय गरेको छ । साथै सीसीएमसीले हवाई सेवासमेत बन्द गर्न सरकार समक्ष सिफारिस गरेको छ । भारतका विभिन्न राज्यमा लकडाउन हुन थालेपछि रोजगारीका लागि गएका नेपालीहरु धमाधम घर फर्किएका छन् ।
२२ वटा नाका बन्द गर्ने सरकारको निर्णयले स्वदेश फर्किन समस्या हुने हो कि भनेर सामाजिक सन्जालमा चासो बढेपछि परराष्ट्रमन्त्री ज्ञवालीको प्रतिक्रिया आएको हो ।




प्रतिक्रिया