नेपाली सेनाले निर्माण गरेकाे  मैलुङ–स्याफू बेँसी सडक उद्घाटन

नेपाली सेनाले निर्माण गरेकाे  मैलुङ–स्याफू बेँसी सडक उद्घाटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा – नेपाली सेना निर्माण कार्यदलले २०७२ बैशाखदेखि सुरू गरेकाे मैलुङ–स्याफू बेँसी सडक अाज उद्घाटन भएको छ। चीनसँगको एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी हुँदै रसुवागढी जोड्ने सडकको रक्षामन्त्री इश्वर पाेखरेलले उद्घाटन गरेका हुन् ।

तीन वर्षमा दुई लेनको १७ किलोमिटर सडक निर्माण सम्पन्न भएको नेपाली सेनाले जनाएको छ । सुरुवातमा ७ किलोमिटर ‘सिङ्गल लेन’को सडक निर्माणको जिम्मेवारी पाएको निर्माण कार्यदललाई भूकम्पपछि १० किलोमिटर थप सडक निर्माण गर्ने जिम्मेवारी थपिएको थियो।

नेपाली सेनाले स्याफ्रुमा एक औपचारिक कार्यक्रम गर्दै सो सडक गल्छी–त्रिशुली–मैलुङ– स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गर्ने बताइएको छ।

मैलुङ–स्याफ्रुबेँसी सडक निर्माणमा ७० करोड ६९ लाख ९० हजार रुपैयाँ खर्च भएको छ। दुई लेनको सडक निर्माण गर्दा एक किलोमिटरको निर्माण लागत ३ करोड ९० लाख रुपैयाँ पर्न आएको नेपाली सेनाले जनाएको छ।

यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो हुनेछ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ।

पासाङल्हामु राजमार्ग अन्तरगत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नु पर्ने भएपनि यो सडकमा एउटा पनि घुम्ती नरहेको निर्माण कार्यदलले जनाएको छ । काठमाण्डौदेखि गल्छी ४४ किमी, गल्छीदेखि बट्टार २२ किमी, बट्टारदेखि बेत्रावती ११ किमी, बेत्रावतीदेखि मैलुङ १२ किमी र मैलुङदेखि स्याफ्र १६ किमी दूरी रहेको छ।