साउदीबाट २२३ जना नेपाली स्वदेश फर्किँदै (नामसहित)

साउदीबाट २२३ जना नेपाली स्वदेश फर्किँदै (नामसहित)


काठमाडौं – नेपाली दूतावास साउदी अरबले स्वदेश फर्कने नेपालीहरुको उडान तालिका सार्वजनिक गरेको छ । जुन  १८ मा हिमालय एयरलाईन्सको चार्टर्ड उडानबाट स्वदेश फर्कने नेपालीहरु सूची दूतावासले सार्वजनिक गरेको छ ।

उक्त उडानबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्रथमिकताका आधारमा राजदूतावासले तयार गरी हिमालय एयरलाईन्सको दम्माम स्थित कार्यलयमा पठाइएको जनाकारी दिइएको छ ।

सम्पुर्ण यात्रुहरुले कोभिड–१९ नेगेटिभको प्रमाणपत्र साथैमा राख्नुपर्ने दूतावासले जनाएको छ । साउदीबाट नेपालको हवाई भाडा २६५ अमेरिकी डल अर्थात साउदी रियाल करिब १,७४४ रहेको दूतावासले जनाएको छ ।  जुन  १८ मा २२३ जना नेपाली स्वदेश फर्किदैछन् ।