नेपाली सेनाद्वारा रक्षा अभिमुखीकरण कार्यक्रमको शुभारम्भ


काठमाडौं – नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्दैशनालयले रक्षा विटका समाचारदाताका लागि सैनिक मुख्यालय जङ्गी अड्डामा छ दिने अभिमुखीकरण तालिम कार्यक्रम सञ्चालन गरेको छ ।

सहायक रथी विज्ञानदेव पाण्डेले रक्षा मन्त्रालयका उपसचिव मनोज कुमार आर्चायलाई समावेश गरी उक्त कार्यक्रम संञ्चान गरेका हुन् । अभिमुखीकरणका क्रममा समाचारदातालाई नेपाली सेनाको इतिहास, गठन, जिम्मेवारी, सङ्गठनात्मक स्वरुप, चेनअफ कमाण्ड, विकास निर्माण, पर्यावरण र प्रकृति संरक्षणमा सेनाको भूमिका बारेमा जानकारी दिइएको छ ।

शुभारम्भको क्रममा आफ्नो मन्तव्य राख्दै सहायक रथी पाण्डेले नेपाली सेनाको कार्य प्रकृति तथा भूमिका सम्बन्धमा रक्षा मन्त्रालयमा कार्यरत निजामती कर्मचारीहरुलाई जानकारी गराई नेपाली सेना र रक्षा मन्त्रालय बीचको आपसी सहकार्य तथा सम्बन्ध विस्तार गर्ने कार्यलाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यले नेपाली सेनाले अभिमुखीकरण कार्यक्रम संचालनमा ल्याएको बताएका छन् ।

छ दिने कार्यक्रममा नेपाली सेनाका विभिन्न कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालयहरुको काम, कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रस्तुतिकरण तथा अन्तरक्रियासहितको जानकारीमूलक कार्यक्रम सञ्चालन गरिने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । अभिमुखीकरणका क्रममा युद्ध कार्य निर्देशनालयबारे समेत जानकारी गराईएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement