संवैधानिक व्यवस्था बमोजिम स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी पायाै : नेपाली सेना

संवैधानिक व्यवस्था बमोजिम स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी पायाै : नेपाली सेना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाले काठमाडौं -तराई-मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) परियोजनाको कार्य प्रगति विवरणबारे जानकारी गराएको छ ।

आइतबार दिउँसो पत्रकारहरुसँग भिडियो कन्फरेन्स गर्दै सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले (फाष्ट ट्रयाक) परियोजनाको कार्य प्रगति विवरण र वर्तमान अवस्था, भावी योजना, डिजाईन तथा कन्सट्रक्सन सुपरिवेक्षणको लागि अन्तर्राष्ट्रियस्तरको परामर्शदाता छनौट लगायत नेपाली सेनाले कोरोना भाईरस (कोभिड१९) रोकथाम, नियन्त्रण र प्रतिकार्य सम्बन्धमा हालसम्म गरेका कार्यहरुबारे जानकारी गराएकाे हाे ।

भिडियो कन्फरेन्स गर्दै सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले विपदमा सरकारले प्रयोग गर्न सक्ने संवैधानिक व्यवस्था बमोजिम सेनाले स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी पाएको समेत बताए । ‘मन्त्रिपरिषदको निर्णय हेर्नु भयो भने स्वास्थ्य मन्त्रायलसँग समन्वय गरी रक्षा मन्त्रायलले नेपाली सेनामार्फत जीटुजी प्रक्रियाबाट खरिद गर्ने भनिएको छ’, सहायक रथी पाण्डेले भने, ‘त्यसैले हामीले विभिन्न निकायसँग समन्वय गरेर यथाशिघ्र स्वास्थ्य सामग्री खरिद गर्ने प्रक्रिया थालिसकेका छौं ।’

उनका अनुसार सेनासहित विभिन्न निकाय रहेको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले खरिद गर्न आवश्यक सामग्रीको सूची तयार पार्ने काम गरिरहेको छ । प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्यालको नेतृत्वमा रहेको सेन्टरमा विभिन्न मन्त्रालयसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको पनि प्रतिनिधित्व छ । त्यसैले यो सेनाले मात्र नभइ, सबै निकायले पाएको जिम्मेवारी भएको उनले बताए ।

कोरोना भाईरस (कोभिड-१९) रोकथाम, नियन्त्रण र प्रतिकार्यमा नेपाली सेनाले शुरुदेखि नै नेपाल सरकारको निर्देशन बमोजिम अग्रपंक्तिमा रही योगदान दिंदै आईरहेको छ । मित्रराष्ट्र चीनको वुहानबाट नेपाली विद्यार्थीहरुको उद्दार गरी क्वारेन्टिनको व्यवस्थापन, प्रदेश तथा स्थानीय तहमा क्वारेन्टिन र आइसोलेसन कक्ष निर्माण, कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरमा समेत महत्त्वपूर्ण भूमिका निभाउदै आईरहेको उनले बताए ।

नेपाल र नेपालीले व्यहोरेको हरेक विपत्तिहरुमा आमनागरिकको साथ र सहयोगमा नेपाल सरकारका सबै निकाय र संघ संस्थाहरु तथा नागरिक समाजसँगको सहकार्यले यो राष्ट्रिय लडाई पनि जित्‍न सकिने कुरामा नेपाली सेना विश्वास राख्दछ । साथै कोरोना भाईरस (कोभिड-१९) प्रतिकार्य लगायत आमनागरिकको स्वास्थ्य सुरक्षा तथा त्यससँग सम्बन्धित सबै विषयहरुमा भविष्यमा समेत नेपाल सरकारले अङ्‍गीकार गर्ने सबै रणनीति तथा कार्यनीतिको कार्यान्वयनमा नेपाली सेनाले आफ्नो सम्पूर्ण शक्ति र क्षमताले योगदान दिने प्रतिवद्धता समेत व्यक्त गरेकाे छ ।  ।