उदयपुरको संक्रमित क्षेत्रमा नेपाली सेनाद्वारा स्वाब संकलन

उदयपुरको संक्रमित क्षेत्रमा नेपाली सेनाद्वारा स्वाब संकलन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर – कोरोना संक्रमित क्षेत्र उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा नेपाली सेनाको टोलीले स्थानीयको स्वाब संकलन सुरु गरेको छ । नेपाली सेनाको छाउनी अस्पतालका मेजर डा। प्राची रायमाझीको नेतृत्वमा आएको ४ जनाको टोलीले नमुना संकलन सुरु गरेको हो ।

नेपाली सेनाको हेलिकप्टरबाट आइतबार दिउँसो भुल्के आइपुगेको टोलीले शनिबार संकलन गरिएको स्थल १८ नम्बर वाहिनीको फिल्डमा नमुना संकलन सुरु गरेको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए ।

स्थिति भयाभह भएपछि जिल्लामा प्रतिनिधित्व गर्ने संघीय र प्रदेश सांसद, जिल्लास्थित राजनीतिक दल, जिल्ला समन्वय समिति, त्रियुगा नगरपालिका, स्थानीय प्रशासनको संयुक्त बैठकबाट केन्द्रीय सरकारसँग अनुरोध गर्ने निर्णय अनुसार सेनाको टोली आइपुगेको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले जानकारी दिए ।

शनिबार प्रदेश नम्बर १ का जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा।जयवेन्द्र यादवको नेतृत्वमा आएको पाँच सदस्यीय स्वास्थ्यकर्मी टोलीले ५३ घरका ६० जनाको नमुना संकलन गरेपछि बाँकी रहेका स्थानीयको नेपाली सेनाका स्वास्थ्यकर्मी टोलीले स्वाब संकलनका लागि आएको थियो ।

सेनाको टोलीले करिब २ सय ५० जनाको स्वाब संकलन गर्ने जनाएको छ । खुल्ला चौरमा सामाजिक दुरी कायम गर्दै व्यवस्थित रुपमा पालैपालोले स्वाब नमुना संकलन गरिएको छ । संक्रमणको हिसावले देशकै अग्रभागमा उदयपुर जिल्ला परेपछि भाइरस नियन्त्रणका लागि नेपाल सरकारले नेपाली सेनालाई परिचालन गरेको हो ।

शनिबार मात्र र्‍यापिड टेस्टको विश्वास नभएपछि प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले टोली पठाएको हो । र्‍यापिड टेस्टमा १६ जनाकै नेगेटिभ र स्वाब टेस्टमा १३ जनाको पोजेटिभ देखिएपछि प्रदेशले विज्ञसहितको टोली परिचालन गरेको थियो । यो समाचार आजको अन्न्पूर्णपोष्ट दैनिकमा छ ।