मोबाइल फोन इम्पोर्टर्सद्वारा नेपाली सेनालाई दश हजार मास्क हस्तान्तरण

मोबाइल फोन इम्पोर्टर्सद्वारा नेपाली सेनालाई दश हजार मास्क हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मोबाइल फोन इम्पोर्टर्स एशोशिएसनले नेपाली सेनाको सैनिक स्वास्थ्य महानिदेशनालयलाई दश हजार थान मास्क हस्तान्तरण गरेको छ ।

कोरोना भाइरस कोभिड १९ महामारी नियन्त्रण गर्ने सुरक्षा तथा स्वास्थ्य निकायको प्रयत्नलाई सहयोग गर्न मोबाइल फोन इम्पोर्टर्स एशोशिएसनले  बुधबार नेपाली सेनाको सैनिक स्वास्थ्य महानिदेशनालयलाई दश हजार थान मास्क हस्तान्तरण गरेको हो ।

भद्रकाली स्थित नेपाली सेनाको मूख्यालयमा आयोजित समारोहमा (MPIA)का अध्यक्ष दिपक कुमार मलहोत्रा एवं पदाधिकारीहरुले संयुक्त रुपमा सहयोग स्वरुप उक्त सामग्री हस्तान्तरण गरे । अध्यक्ष दिपक कुमार मलहोत्राले यस सहयोगले (कोभिड-१९) महामारी विरुद्ध लडिरहेका राष्टिय सुरक्षा निकायलाई थप बल प्रदान गर्ने बताए