नेपाली सेनाले माग्यो २२९ जना अधिकृत क्याडेट (सूचनासहित)

नेपाली सेनाले माग्यो २२९ जना अधिकृत क्याडेट (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाले अधिकृत क्याडेट पदको लागि दरखास्त आह्वान गरेको छ । सेनाले २२९ जना अधिकृत क्याडेट (सहायक सेनानी) पदका लागि दरखास्त आव्हान गरेको हो ।

आजदेखि असोज २९ गतेसम्म आवेदन दिन सकिने सेनाकाे भर्ना छनोट निर्देशनालय विभागले जनाएकाे छ ।

खुला तथा समावेशी प्रतिस्पर्धाबाट २२९ पदका लागि आवेदन आह्वान गरिएको छ । नेपाली सेनाका सन्तती ११, महिला २२, आदिवासी जनजाती ३०, मधेसी २८, दलित १४, पिछडिएको क्षेत्र ७ र बाँकी ११७ खुलाका लागि आवेदन आह्वान गरिएको हो ।

योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त फाराम भरी सो को प्रिन्ट–आउटसहित स्वयम् उपस्थित भई तोकिएको भर्ना केन्द्रमा दरखास्त पेस गर्नुपर्नेछ ।