नेपाली सेनाको सर्भर ह्याक गर्ने युवक पक्राउ

नेपाली सेनाको सर्भर ह्याक गर्ने युवक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाको साइबर स्पेसमा आक्रमण गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङजाको वालिङ नगरपालिका-१० का २१ वर्षीय सागर ढकाल रहेका छन् ।

साइबर हमलाको अनुसन्धान,प्राविधिक विश्लेषण तथा ह्युमन इन्टेलिजेन्सका आधारमा ढकाललाई पोखराको बाटुलेचौरबाट पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएकाे छ।

विभिन्न समयमा सेनाको साइबर स्पेशमा अनधिकृत हमला गरेको भन्दै सेनाले साइबर ब्यूरोलाई पत्राचार गरेको थियो।

ढकाललाई बिहीबार पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौरबाट पक्राउ गरी विद्युतीय कारोबार ऐन २०६३ को अपराधअन्तर्गत कसुरमा मुद्दा चलाइएको प्रहरीको भनाइ छ।