काठमाण्डु– अमेरिकी सरकारले नेपाली सेनालाई स्काई ट्रक र एयर एम्बुलेन्स सहयोग गरेको छ।
बिहीबार बिहान सैनिक हवाई महानिर्देशनालय गौचरमा आयोजित विशेष समारोहमा नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले उक्त उपकरणहरू प्रधानसेनापति अशोकराज सिग्देललाई हस्तान्तरण गरे।
सो अवसरमा परराष्ट्रमन्त्री आरजु राणा देउवा र रक्षामन्त्री मानवीर राई पनि उपस्थित थिए।
अमेरिकी सहयोगले सेनाको आकस्मिक उद्धार र स्वास्थ्य सेवामा थप क्षमता वृद्धि गर्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया