मोटाएका अधिकृतलाई नेपाली सेनाले कारबाही गर्यो : भारतीय मिडिया

मोटाएका अधिकृतलाई नेपाली सेनाले कारबाही गर्यो : भारतीय मिडिया

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – नेपाली सेनाका अधिकृतहरुको कारबाहीको खबर भारतीय मिडियामा प्राथमिकताको विषय बनेको छ ।

द टाइम्स अफ इन्डिया, द स्टेट्सम्यान, इन्डिया डट कमलगायतका सञ्चार माध्यममा सातजना अधिकृतहरु मोटाएका कारण नेपाली सेनाले कारवाही प्रक्रिया अघि बढाएको विषय सम्बन्धी समाचार प्राथमिकताका साथ प्रकाशित गरिएका छन् ।

द स्टेट्सम्यानले त्यसरी तौल बढी भएका कारण तीन जना अधिकृतलाई बढुवा अस्वीकार गरिएको र चार जनालाई संयुक्त राष्ट्रसंघको मिसनमा जान रोक लगाइएको जनाएको छ ।

सैनिक अधिकारीहरु नियमित रुपमा शारीरिक फिटनेस टेस्टमा जानुपर्ने समेत समाचारमा जनाइएको छ । नेपाली सेनालाई तीन महिनादेखि तीन वर्षसम्म तौल चुस्त दुरुस्त राख्न समय दिइने गरेको र महिलाको लागि १ वर्षको समय दिने गरिएको जनाइएको छ ।