५ प्रमुख सेनानीकाे महासेनानीमा बढुवा (सूचीसहित)

५ प्रमुख सेनानीकाे महासेनानीमा बढुवा (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले नेपाली सेनाका ५ जना  प्रमुख सेनानीलाई महासेनानी पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

सरकारको असार ५ र ८ गते बसेको मन्त्रिपरिषद् बैठकले सैनिक मुख्यालयमा रहेका प्रमुख सेनानी प्रज्वल रायमाझी सहित पाँच जनाको बढुवा गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमार्फत् जानकारी दिएका हुन् ।

बढुवा हुनेहरुमा प्रमुख सेनानी प्रज्वल रायमाझी, सुर्खेत शिक्षालयमा कार्यरत सुवासजंग थापा, सैनिक मुख्यालयमै रहेको गौरब गुरुङ, ध्रुब कार्की र अमृतकाजी गुरुङ रहेका छन् ।