नेपालीलाई विदेशी सेनामा भर्ती गर्नु गलत : भीम रावल


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा सांसद भीम रावलले नेपालीलाई विदेशी सेनामा भर्ती गर्न रोक्नुपर्ने बताएका छन् ।

मंगलबारको प्रतिनिधि सभामा बोल्दै सांसद रावलले नेपाली युवायुवतीलाई विदेशी सेनामा भर्ती गराएर नेपालको सार्वभौमिकतामा आँच पुर्याउने राणा शासनले थोपरेको गलत सम्झौताबाट देशलाई मुक्त गराउनुपर्ने बताएका हुन् ।

नेपालको संविधानले निर्देशित गरेको तथा आफ्नै अनुभवबाट उपयोगीसिद्ध संयुक्त राष्ट संघको बडापत्र, पञ्चशिलका सिद्धान्त, असंलग्न नीतिमा आधारित परराष्टनीतिमा अडिग रहँदै पारस्परिक समानता, सम्मान र हितको आधारमा परराष्ट नीति सञ्चालन हुनुपर्ने बताए । उनले दुई पक्षीय सैनिक अभ्यासमा नेपाल संलग्न हुन नहुने बताए ।

‘विगतका अलोकतान्त्रीक र निरंकुश सरकारले थोपरेका असमान र अपमानजनक सन्धी सम्झौताहरुबाट देश र जनतालाई मुक्त गर्न आवश्यक राजनीतिक र कुटनितक पाइला चाल्नुपर्छ । बहुमत प्राप्त सरकारका लागि यो एउटा अवसर हो’ उनले भने ।

राष्ट्रिय परिचय पत्र, गाडीका नम्बर प्लेट, कर र भन्सार महशुलजस्ता संवेशनशील तथ्याङ्कको अभिलेख विदेशी सर्भरमा राख्न नहुने बताउँदै उनले भने, ‘त्यसको सर्भर नेपालमा र नेपाल सरकारकै मातहतमा रहने व्यवस्था गरिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement