सेनाका १० जनासहित वीरगञ्जमा थपिए ४३ कोरोना संक्रमित

सेनाका १० जनासहित वीरगञ्जमा थपिए ४३ कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज – पर्साको वीरगन्जमा बिहीबार ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छल ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली सेनाका १० जनासहित ४३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले बताए ।

मेसु उपाध्यायका अनुसार संक्रमितमध्ये २ जना बारा र ४१ जना पर्साका छन् ।  संक्रमितमध्ये दुई जना स्वास्थ्यकर्मी छन् भने सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।

बुधबार पनि वीरगन्जमा १ सय ३३ जनामा संक्रमण देखिएको थियो । वीरगन्जमा पछिल्लो समय कोरोनाको संक्रमण दर ह्वात्तै बढेको छ ।