निर्माणधिन काठमाडौं–तराई–मधेश द्रुतमार्गका लागि विभिन्न पदमा नेपाली सेनाले माग्यो कर्मचारी

निर्माणधिन काठमाडौं–तराई–मधेश द्रुतमार्गका लागि विभिन्न पदमा नेपाली सेनाले माग्यो कर्मचारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई–मधेश द्रूत मार्गका लागि विभिन्न पदका लागि कर्मचारी दरखास्त आव्हान गरेको छ ।

नेपाली सेनाको काठमाडौं–तराई–मधेश द्रूतमार्ग सडक आयोजनाले प्रोजेक्ट म्यानेजमेन्ट एक्सपर्ट, वरिष्ठ एडभाइजरलगायतका विभिन्न पदका लागि दरखास्त मागेको हो । सेनाले एक सूचना जारी गर्दै योग्य उम्मेदवारले आजदेखि १५ दिनभित्र दरखास्त दिन सबैमा जानकारी दिएको छ ।

आवेदनका लागि आफूले प्राप्त गरेको शैक्षिक योग्यता, अनुभव प्रमाण पत्रको प्रतिलिपि, फोटोसहित नेपाली फायलमा १० को टिकट टाँसेर सैनिक जंगी अड्डामा लिखित निवेदन दिन भनेको छ ।