नेपाली सेना र चिनियां जनमुक्ति सेनाको संयुक्त सैन्य तालिम काठमाडौंमा

नेपाली सेना र चिनियां जनमुक्ति सेनाको संयुक्त सैन्य तालिम काठमाडौंमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यास काठमाडौंमा चलिरहेको छ ।  बुधबारबाट काठमाडौंमा सुरु भएको सगरमाथा फ्रेन्डसिप संयुक्त तालिम २०१९ भनिएको छ। यो अभ्यास भदौ २४ सम्म चल्नेछ।

दुवै मुलुकका महासेनानीको नेतृत्वमा २२-२२ जना सहभागी भएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले काठमाडौंपाटीलाई बताए । ‘नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच नियमित सैन्य तालिम हो’, सैनिक प्रवक्ता पाण्डेले भने, ‘सैन्य कूटनीतिलाई दरिलो बनाउन नेपाली सेनाले अन्य मुलुकका सेनासँग पनि संयुक्त रूपमा विभिन्न तालिम गर्दै आएको छ।’

नेपाली सेनाको विशेष बाहिनी महाराजगन्जमा औपचारिक रूपमा सैन्य अभ्यास सुरु गरिएको हो। विशेष बाहिनीसँगै भक्तपुरको नगरकोटमा हुने तालिम सञ्चालन हुनेछ। नेपाली सेनाका तर्फबाट पर्यवेक्षक टोलीसमेत सहभागी हुनेछ। सैन्य अभ्यास प्रतिआतंकवाद युद्धकला, विपद् व्यवस्थापनलगायत विषयमा केन्द्रित छ।

आतंकवादबाट उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई दृष्टिगत गरी दुवै देशका विशेष सेनाले २०७४ देखि सैन्य अभ्यास गर्दै आएका छन्।  पहिलो र दोस्रो संस्करणको सैन्य अभ्यास पनि प्रतिआतंकवाद युद्धकला र विपद् व्यवस्थापन लगायतमा केन्द्रित थियो।  गत वर्ष असोज १ देखि १२ सम्म चीनको सिचुआन प्रान्तस्थित छेन्दुमा सैन्य अभ्यास भएको थियो। महासेनानीको नेतृत्वमा दुवै मुलुकका १६-१६ जना सैनिक अधिकारी सहभागी भएका थिए। २०७४ वैशाख ३ देखि १२ गतेसम्म पहिलो पटक काठमाडौंमा संयुक्त सैन्य अभ्यास भएको थियो।