काठमाण्डु – नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाले प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिय तथा विल्लादार पदहरूमा दरखास्त आह्वान गरेको हाे।
आज गोरखापत्रमा सूचना निकालेर सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले उपसेनानी, एमबिबिएस डाक्टर, फार्मेसिष्ट, फिल्म निर्देशक, सिभिल इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलरलगायत विभिन्न ३० पदका लागि दरखास्त आह्वान गरेको हो ।
खुला तथा समावेशी प्रतियोगिताबाट नर्सदेखि पुजारीसम्म पदपूर्ति गर्न सेनाले इच्छुकबाट दरखास्तसमेत मागेको छ।आजदेखि २०८० वैशाख २४ गतेसम्म फारम बुझाउने समय दिइएको छ।






प्रतिक्रिया