नेपाली सेनाको कालिजंग गणद्धारा विद्यालयलाई शौचालय हस्तान्तरण

नेपाली सेनाको कालिजंग गणद्धारा विद्यालयलाई शौचालय हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा –जिल्लाको गोसाइकुण्ड गाउँपालिका –६ बोकेझुण्डा गाउँखर्क राष्ट्रिय माविमा निकुञ्जको सुरक्षार्थ रहेको कालिजंग गणले निर्माण गरेको शौचालय हस्तान्तरण गरेको छ । कालिजंग गणले निर्माण गरि ६ नम्बर बाहिनी अडाका बाहिनी पति एवम साहायक स्थी लवकुमार रायमाझिले उदघाटन गर्दै साेमबार विद्यालयलाई साँचो हस्तान्तरण गरेका हुन्।

साथै सोहि विद्यालयमा अध्यनरत २० जना छात्र –छात्रा हरुलाई स्टेसनरी स्कुल झोला खेल सामाग्रि हरु समेत वितरण गरिएको छ ।गणपति सर्वेन्द्र नगरकोटीका अनुसार विद्यालय परिसरमा वृक्षारोपण समेत गरिएको छ ।

साथै उक्त कार्यक्रममा ६ नम्बर बाहिनि अडाका बाहिनिपति लवकुमार रायमाझि लाङटाङ राष्ट्रिय निकुन्ज का प्रमुख संरक्षण अधिकृत सुश्मा राना कालिजंग गणका गणपति सर्वेन्द्र नगरकोटि मध्यवर्ति क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष टेम्पा नुर्पु तामाङ शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख बालकृष्ण सिम्खडा गोसाइकुण्ड वडा नं. ६ का वडा सदस्य ,प्राधानाध्यापक अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थिए ।