नेपाली सेनाले माग्यो पाइलट उपसेनानीसहित १९४ कर्मचारी [सूचनासहित]

नेपाली सेनाले माग्यो पाइलट उपसेनानीसहित १९४ कर्मचारी [सूचनासहित]

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाले लाेकसेवा आयाेगकाे सहमतिमा ठूलाे संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेकाे छ । सेनाले लेखा उपसेनानी, प्राड उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न पदमा १९४ कर्मचारी माग गरेको हाे ।

सेनाले लेखा उपसेनानीमा खुला तथा समावेशीतर्फ गरी ४० जनाको माग भएको छ । त्यस्तै, प्राड उपसेनानी र पाइलट उपसेनानी चार-चार जना माग गरिएकाे छ ।

पुरुषका हकमा १८ वर्ष पूरा भई २९ वर्ष ननाघेका र महिलाकाे हकमा ३० वर्ष ननाघेका उम्मेदवारले १३ वैशाखसम्म दरखास्त दिन सक्नेछन् ।

सेनाको आधिकारिक वेब साइट www.nepalarmy.mil.np भित्र JOIN THE ARMY को Recruitment and Selection बाट अनलाइन दरखास्त फाराम भरी सो को प्रिन्ट आउट सहित स्वयम् उपस्थित भई रु.१०।- को टिकट टाँसी दरखास्त पेस गर्न सक्नेछन् ।