नेपाली सेनाका मेजरसहित दुई जना ब्राउन सुगरसहित पक्राउ


काठमाडौं – लागुऔषध ब्राउन सुगरसहित इटहरीबाट नेपाली सेनाका मेजरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले उनीहरूलाई शनिबार साँझ ५ बजेर २५ मिनेट जाँदा पक्राउ गरेको प्रहरीले जनाएकाे छ।

मेजर अजितप्रसाद सिंह र प्रमोदकुमार चौधरी लागु औषध ब्राउन सुगर एक ग्राम ३२० मिलिग्रामसहित पक्राउ परेको प्रहरी स्रोतले जानकारी दिएको छ । मेजर सिंहको घर कैलाली र चौधरीको घर सुनसरी नै भएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका दुबै जनामाथि अनुसन्धान भइरहेकाे छ। मेजर पूर्वी पृतना इटहरीमा कार्यरत छन्। उनीहरूका साथबाट एक ग्राम ३२० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement