नेपाली सेना र प्रहरीबाट यातना पाएका बालकलाई क्षतिपूर्ति दिन यूएनएचआरसीको निर्देशन

नेपाली सेना र प्रहरीबाट यातना पाएका बालकलाई क्षतिपूर्ति दिन यूएनएचआरसीको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त राष्ट्रसंघको मानवअधिकार समिति (यूएनएचआरसी)ले नेपालले बाल अधिकारको हनन गरेको निष्कर्ष निकालेको छ ।

एक सैनिक अधिकारीको घरमा काम गर्ने बालक श्रम शोषणमा परेको र प्रहरीश्रबाट यातना पाएका बालकलाई नेपाल सरकारले क्षतीपूर्ति दिनुपर्ने यूएनएचआरसीले निर्देशन दिएको छ ।
मानवअधिकार कमिटीको १६ पृष्ठ लामो प्रतिवेदनमा पीडित भनिएका बालक र पीडक भनिएका सैनिक अधिकारीको परिचय भने खुलाइएको छैन । के कति क्षतिपूर्ति तिर्नुपर्ने हो त्यो भने यूएनएचआरसी गोप्य राखेको छ ।

नेपाल सरकारले दण्डहीनतालाई प्रश्रय दिएको यूएनएचआरसीले जनाएको छ । नेपालले नागरिक तथा राजनैतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धिका कैयन प्रावधान उलंघन गरेको पाइएको पनि समितिको निर्णयमा उल्लेख छ ।

आफ्ना कानुन तथा हदम्यादसम्बन्धी प्रावधानहरूलाई अन्तर्रा्ष्ट्रिय मापदण्ड अनुसार संसोधन गर्न उसले नेपाललाई भनेको छ । ‘बाल्यकालमा यातना र जबरजस्ती श्रमशोषण भोग्नुपर्दा कसैको जीवन बर्वाद हुन् पुग्छ । पिडितहरूका लागि न्यायमा पहुँच तथा जवाफदेहीता आवश्यक हुन्छ ।

जसका कारण उनीहरू फेरी आफ्नो जिन्दगी निर्माण गर्न र स्वभिमान कायम राख्न सकुन्,’ समिति सदस्य हेलेन टिग्राडले भनेका छन्, ‘हामी आशा गर्छौंकी नेपालले यस्ता घटनाका पीडितलाई आफ्नो जीवन पुनः सम्हाल्नका लागि मद्दत पुग्ने सबैखाले संरक्षण दिन आवश्यक कदम चाल्ने छ ।’

नौ वर्षको उमेरदेखि नेपाली सेनाका एक अधिकारीको घरमा बस्दै आएका बालकले आफू घरेलु हिंसा र यातनामा परेको भन्दै यूएनमा उजुरी दिएका थिए । थारू समुदायका ती बालकलाई सैनिक अधिकारीले काठमाडौंस्थित बिहान ४ बजेदेखि बेलुका १० बजेसम्म दैनिक काम गराउने गरेको समितिले जनाएको छ ।

उनलाई सैनिक अधिकारीले पारिश्रमिक नदिइ काम गराएका थिए । काम गर्ने घरमा श्रम शोषणमात्र नभइ अन्य यातना दिने गरेको पनि बालकको उजुरीमा उल्लेख थियो ।

२ वर्ष काम गरेर उनी त्यो घरबाट भागेका थिए । भागेपछि चोरीको आरोपमा प्रहरीले उनलाई पक्राउ र्गयो । यूएनएचआरसीले गरेको निर्णयमा प्रहरीले ती बालकलाई थप यातना दिएको उल्लेख छ । ‘बालकलाई शरीरभरी पिट्ने, पैतलामा प्लाष्टिकको पाइपले हिर्काउने तथा नङमा करेन्ट लगाएर सैनिक र प्रहरीले समेत उनलाई यातना दिएको खुलेको छ,’ समितिको निर्णयमा भनिएको छ ।

त्यसविरूद्ध पीडितले बालकले देशभित्रै उजुरी गर्दा असफल भएपछि एक अन्तर्रा्ष्ट्रिय गैर सरकारी संस्थाको सहयोगमा संयुक्त संघमा उजुरी दिन पुगेका थिए ।